छोरा नपाएको भन्दै कुटपिट गरेपछि.. | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

छोरा नपाएको भन्दै कुटपिट गरेपछि..

kutpit

हेटौंडा, २७ बैशाख । पदमपोखरीका सानाकान्छा लामाले छोरो नपाएको भन्दै पत्नी पम्फा थिङलाई कुटपिट गरे । ५ छोरीपछि छैटौं बच्चा जन्माउने तरखरमा रहेकी पम्फाले आफू कुटिएपछि पतिविहरुद्ध जिल्ला प्रहरीको महिला सेलमा उजुरी दिइन् ।

छोरा नपाएको निहुँमा पतिपत्नीबीच घरमा दैनिक झगडा हुने गरेको थियो । उजुरीपछि प्रहरीको महिला सेलले पतिलाई झिकाउन पत्राचार गरेको छ । तर, पत्नीले उजुरी हालेको थाहा पाउनेबित्तिकै सानाकान्छा घर आएका छैनन् । आजको कान्तिपुरको पृष्ठ १७ मा यो समाचार छापिएको छ ।

ताजा समाचार