काठमाडौं, २५ बैशाख । लमही बजारछेउमा चारतले ठुलो घरमा डेढ महिनाअघि ठुलो बोर्ड झुन्डयाएर घोषणा गरियो । प्रभुको राज्य । बोर्डमा लेखिएको थियो, यहोवा परमेश्वर को राज्य । बाबईल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो । यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाबईलमा उल्लेख छ ।
छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे । विरोधपछि बोर्ड हटाईएको छ । प्रभु राज्यका शासकहरु कहाँ बस्स्दारहेछन् त यो घरदेखि झन्डै पाँच सय मिटर पुर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ । रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक प्रभु राज्यका शासकमध्येका एकजना गेटबाहिर निस्किए । आफुलार्य जापानी नागरिक भनेर परिचय दिएका उनीनेपाली भाष अस्पष्ट बोल्दा रहेछन् ।
पत्रकारको परिचय थाह पाउनसाथ एकाएक उनको गोरो बर्णको अनुहार परिवर्तन भयो ।, यो खबर आजको नागरिक दैनिकमा छ ।