विद्यादेवी भण्डारीद्दारा विश्वभर छरिएर रहेका नेपाली मजदूरलाई शुभकामना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८३, मंगलबार

विद्यादेवी भण्डारीद्दारा विश्वभर छरिएर रहेका नेपाली मजदूरलाई शुभकामना

bidhaya devi

काठमाडौं, १८ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले अन्र्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा विश्वभर छरिएर रहेका नेपाली मजदूरलाई शुभकामना दिएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रमिक वर्गको उच्च योगदानको सम्मान गर्दै समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रुप लिँदै जाने सन्दर्भमा श्रमिक वर्ग लाभान्वित हुने आशा गरेकी छन् । उनले श्रमिक दिवसले आफ्नो अधिकार र स्वतन्त्रतालाई सुनिश्चित गरी विश्वभरीका श्रमजीवीलाई एकताको सूत्रमा बाँध्न सहयोग गर्ने विश्वास व्यक्त गरिन ।

उनले सबै नेपाली श्रमिकले स्वदेश तथा विदेशमा श्रम गर्दा अनुकूल श्रम वातावरण, न्यायोचित पारिश्रमिक एवम् सामाजिक सुरक्षालगायत सबै श्रम अधिकार सुनिश्चित भई उपयुक्त औद्योगिक सम्बन्ध स्थापित हुन सकोस् भन्ने कामना गरेकि छन् ।