परमाणु परीक्षण केन्द्र बन्द गर्ने उत्तर कोरियाको घोषणा | ईमाउण्टेन समाचार

Our Network

पुष ५ २०८१, शुक्रबार

परमाणु परीक्षण केन्द्र बन्द गर्ने उत्तर कोरियाको घोषणा

Kim-Jong-Un and Moon-jae

एजेन्सी , १६ बैशाख । उत्तर कोरियाले आगामी मे बाट परमाणु परीक्षण केन्द्र बन्द गर्ने घोषणा गरेको छ । उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनबीच शुक्रबार भएको भेटवार्तामा परमाणु परीक्षण नगर्ने सहमति भएको थियो ।

त्यसलगत्तै उत्तर कोरियाले मे महिनाबाट परमाणु परीक्षणस्थल बन्द गर्ने जानकारी दिएको दक्षिण कोरियाली राष्ट्रपति कार्यालयले जनाएको छ । एक सार्वजनिक कार्यक्रमका माझ परीक्षण केन्द्र बन्द गरिने र हेर्नका लागि दक्षिण कोरियाली तथा अमेरिकी विज्ञहरूलाई बोलाइने जनाइएको छ ।

त्यस्तै उत्तर कोरियाले आफ्नो ‘टाइम जोन’ पनि परिवर्तन गर्ने भएको छ । हाल उत्तर कोरियाको समय दक्षिण कोरियाको भन्दा आधा घण्टा फरक छ । अब परिवर्तन गरेर समान समय बनाउने उत्तर कोरियाको तयारी छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);