बारा, ११ बैशाख । बाराको महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आगलागी पीडित एक जोडीको विवाह गराएका छन् । महागढीमाई–५ कवहीजब्दीमा यही वैशाख १ गते आगलागी हुँदा विवाहको लागि राखिएका लत्ताकपडा, नगद खाद्यान्न जलेर नष्ट भएपछि जनप्रतिनिधिले विवाह गराइदिएका हुन् ।
जनप्रतिनिधिको सहयोगमा रामविश्वास रामकी १९ वर्षीया छोरी रेखाकुमारीको विवाह कलैया उपमहानगरपालिका–१६ का २१ वर्षीय शिवपुजन रामसँग विवाह भएको हो । नगर प्रमुख उपेन्द्रप्रसाद यादवले विवाहको लागि पाँच लाख उपलब्ध गराएका थिए । कवहीजब्दी बस्तीमा आगलागी हुँदा २८ घर जलेर नष्ट भएको थियो ।