काठमाडौं, १० वैशाख । नेकपा एमाले निकट युवा संघ नेपालको अध्यक्षमा चयन भएका रमेश पौडेलले पदभार ग्रहण गरेका छन् ।
बैशाख ३ गतेदेखि ६ गतेसम्म बसेको युवा संघ नेपालको केन्द्रीय कमिटिको बैठकमार्फत अध्यक्षमा चुनिएका पौडेलले आज पदभार ग्रहण गरेका हुन् । पद्भार ग्रहण गर्दै अध्यक्ष पौडेलले आगामी असोजमा महाधिवेशन गराउने प्रतिबद्धता व्यक्त गरे ।
अध्यक्ष पौडेलले नेपाली युवालाई बिदेश जानबाट रोक्न ‘एक युवा, एक रोजगार’ अभियान चलाउने घोषणा गरे । यसअघिका अध्यक्ष राजीव पहारी प्रदेश सांसद बनेपछि पौडेल अध्यक्षमा चुनिएका हुन् ।