मजदुरले पनि साथ दिएनन् यातायात व्यवसायीलाई | ईमाउण्टेन समाचार

Our Network

पुष ११ २०८१, बिहीबार

मजदुरले पनि साथ दिएनन् यातायात व्यवसायीलाई

sandicate yatayat

काठमाडौं, ६ बैशाख । सरकारले संशोधन गरी ल्याएको यातायात व्यवस्थापन निर्देशिका कार्यविधि खारेजीको माग गर्दै आन्दोलन थालेका यातायात व्यवसायीलाई मजदुरहरुले पनि साथ नदिने भएका छन् ।

यातायात मजदुरहरुले ०५१ सालदेखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको तर सरकारको निर्देशिकाले सुनिश्चित गरेपछि मजदुर उत्साहित बनेका हुन् ।

उनीहरुले हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिका कार्यान्वयन हुनुपर्ने बताए । समाचारमा लेखिएको छ, नेपाल यातायात व्यवसायी महासंघले बैशाख २७ गतेदेखि सार्वजनिक यातायातका सान बन्द गर्ने घोषणा गरेको छ । आजको कारोबारको पहिलो पृष्ठमा समाचार छापिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);