काठमाडौं, ६ बैशाख । हिंसात्मक द्वन्दमा फसको सिरियामा रेहेका नेपाली महिला घरेलु कामदार (हाउससमेड) ले स्वदेश फर्कन अनिच्छा देखाएका छन् ।
सिरिया मामिला हेर्ने इजिप्टस्थित नेपाली दूतावासका अनुसार खोजी क्रममा सम्पर्कमा आएका उनीहरुले तत्काल स्वदेश फर्कन नचाहेका हुन् । सिरियाली द्वन्द हिंसात्मक बन्न थालेपछि परिवारजनको अनुरोधमा उनीहरको उद्धार गर्न कन्सुलर विभागले इजिप्टस्थित नेपाली दूतावासलाई २० जनाको विवरणसहित नामावली पठाएको थियो ।
दूतावासका प्रवक्ता सुजन बिडारीले भने, उद्धार गर्न भनिएका महिलालाई सम्पर्क गरेका थियौं । तर, उनीहरुले आफूलाई समस्या नभएको भन्दै फर्किन मन गरेनन् । उनीहरु आफ्नो काममा खुसी देखिन्छन् । आजको कान्तिपुरले पृष्ठ ३ मा यो समाचार छापेको छ ।