माथिल्लो 'त्रिशुली थ्री ए' को काम ७५ प्रतिशत सकियो | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

माथिल्लो ‘त्रिशुली थ्री ए’ को काम ७५ प्रतिशत सकियो

रसुवा, २ वैशाख । माथिल्लो त्रिशुली थ्री ए जलविद्युत आयोजनाको काम ७५ प्रतिशत सकिएको छ । चिनीयाँ गेजुवा ग्रुफ अफ कम्पनीले निर्माण गरिरहेको ६० मेगावट क्षमताको आयोजनाको काम ७५ प्रतिशत सकिएको जनाएको हो । अहिले यु क्रेसन इन्पेक्स प्रालिले ३२ करोडको लागतमा ड्याम क्षेत्रमा पहिरो नियन्त्रण गर्ने काम सुरु गरेको छ ।

पहिरो नियन्त्रण गर्ने काम भने ८० प्रतिशत सकिएको छ । ड्याम साइटमा झरेको पहिरो नियन्त्रणका लागि रक फल प्रोटेक्सनको काम भइरहेको यु क्रेसन इन्पेक्सका निर्देशक बिजय श्रेष्ठले बताए ।

नियन्त्रणका लागि स्विट्जरल्याण्डबाट सामाग्री ल्याएर हेलिकप्टरको प्रयोग गरि रक नेटिङ, रक बोल्टिङ र रक फल प्रोटेक्सनको काम भइरहेको छ । आगामी जेठ मसान्तभित्र पहिरो नियन्त्रणको काम सकिने इन्पेक्सले दाबी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);