काठमाडौं, २८ चैत । नेपाल प्रहरीका डिआईजी रमेश खरेलले सामाजिक सञ्जालबाट राजिनामा दिएको घोषणा गरेका छन् । सरकारले गरेको प्रहरी महानीक्षिक नियुक्तिप्रति असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिएका हुन् ।
खरेलले फेसबुकमार्फत आइजीपीमा नियुक्त सर्वेन्द्र खनाललाई बधाई दिँदै आफू प्रहरी सेवाबाट अलग भएका् घोषणा गरेका हुन् । मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजीको वरियताका एक नम्बरमा रहेका डिआईजी खनाललाई २६ औं महानिरीक्षकका रुपमा नियुक्त गरेपछि खरेल रुष्ट भएका थिए । डिआईजी वरियतामा खरेल दुई नम्बरमा थिए भने तीन नम्बरमा पुष्कर कार्की थिए ।