चितवन, २५ चैत । गृहमन्त्री रामबहादुर थापाले अधिकतम ४० प्रतिशत सजाय भोगेका कैदीबन्दीलाई मुक्त गर्ने ऐन संशोधन गर्ने तयारी गरेको खुलसा गरेका छन् । चितवन जिल्ला कारागारको अवलोकन गर्दै गृहमन्त्री थापाले सरकारले ४० प्रतिशत सजाय भोगेका कैदीबन्दीलाई मुक्त गर्ने ऐन संशोधन गर्ने तयारी गरेको बताएका हुन् ।
कारागरामा रहँदा सुधार भएका कैदीलाई हेरेर छुटाउन सकिने गृहमन्त्री थापाको भनाई छ । कारागारहरु सानो भएकाले अपराधिक गतिविधि बढेको भन्दै गृहमन्त्री थापाले सुधारका विषेश योजना सरकारले बनाइ रहेको बताए । गृहमन्त्री थापाल कैदीबन्दीलाई उद्योग व्यवसासमा सलंग्न गराउने समेत घोषणा गरे । गृहमन्त्री भएपछि थापा पहिलो पटक गृह जिल्ला चितवन पुगेका थिए ।




