अफ्रिका महादेश दुई भागमा विभाजन हुने भू–गर्भशास्त्रीको दाबी | ईमाउण्टेन समाचार

Our Network

कार्तिक २७ २०८१, मंगलबार

अफ्रिका महादेश दुई भागमा विभाजन हुने भू–गर्भशास्त्रीको दाबी

एजेन्सी, १९ चैत । भू–गर्भशास्त्रीहरुले अफ्रिका महादेश दुई भागमा विभाजन हुने दाबी गरेका छन् । उनीहरुले दक्षीण–पश्चिम केन्यामा कैयौं किलोमिटर भू–भागमा दरार फाटेको र यो फाट्ने क्रम जारी नै रहँदा अफ्रिका महादेश नै टुक्रने उनीहरुको भनाइ छ । वैज्ञानिकहरुले इथोपिया, केन्या र तांजिनिया लगायतका क्षेत्रमा भौगर्भिक हलचल बढेको दावी गरेका छन् ।

अफ्रिका महादेश दुई भागमा विभाजन हुने भविश्यवाणी गर्ने भू–गर्भशास्त्रीहरुले दक्षिण–पश्चिम केन्याको कैयौं किलोमिटर भु–भाग फाट्ने क्रम बढ्दै गएकोमा चिन्ता ब्यक्त गरेका छन् । जमिन भासीने फाट्ने कारणले नैरोबी नरोक हाइवे पुरै तहसनहस भैसकेको छ भने सो क्षेत्रमा भूकम्पको गतिबिधि पनि तिब्र भएको छ ।

फाल्ट डायनामिक्स रिसर्च ग्रुप बेलायत रोयाल होलवेका वैज्ञानीक लुसिया पेरेजले जमिन भासीने र फाट्ने कारण बारेमा गहिरो अध्यन गरी भौगर्भिक हलचलबारे खुलासा गरेका हुन् । पृथ्वीको लिथोस्फेयर बिभिन्न टेक्टानीक प्लेटमा बाँडिएको हुन्छ जुन स्थिर हुँदैन ।  छुट्टा–छुट्टै गतिमा एक अर्कातर्फ बढ्ने गर्दछ, यो बढि चलायमान लिथोस्फेयरको तल्लो भाग माथितर्फ गइरहने बताइएको छ ।

त्यसबेला उत्पन्न हुने शक्ति कहिलेकाँही प्लेटो भाच्ने गरी दवाब दिने गर्दछ । यसबाट नै पृथ्वीको सतहमा जमिन फट्ने र जमिन भासिने समस्या उत्पन्न हुने लुसियाको दाबी छ । जमिन फाट्ने र भासिने कारणले नै नयाँ प्लेटको क्षेत्र निर्माण हुने वैज्ञानिक लुसियाको दावी छ ।

पूर्वी अफ्रिकन रिफ्ट भ्याली उत्तरमा अदनको खाडी देखि दक्षिणमा जिम्बाब्बेसम्म करिब ३ हजार किलोमिटर क्षेत्रमा फैलिएको छ । यो अफ्रिकी प्लेटलाई २ असमान भाग सोमाली र नुबियन प्लेटमा विभाजित गरिएको छ । यो रिफ्ट भ्यालीको पूर्वी भाग अर्थात इथोपिया, केन्या र तांजिनियामा भौगर्भिक हलचल बढ्दै गएको छ ।

यो क्षेत्रको जमिनमा भासिने र फाट्ने क्रम नै महादेश विभाजनको शुभारम्भ भएको भू–गर्भविद्हरुले बताएका छन् । यदि भासिने र फाट्ने प्रक्रिया जारी नै रह्यो भने एउटा महासागरको बेसिन तयार हुने छ । भनिन्छ १३ करोड ८० लाख वर्ष पहिले यही प्रक्रिया अनुसार नै दक्षिणी अमेरिका र अफ्रिका महादेश छुट्टिएको थियो ।

आज पनि दुबै महादेशको तटिय क्षेत्रको समानताले यस कुराको पुष्टि गरेको भू–गर्भविद्हरुको भनाइ छ । सोमालियन र नुबियन टेक्टानिक प्लेटमा विभाजित अफ्रिकन प्लेट एकअर्कोलाई धक्का दिइरहँदा सो क्षेत्र भासिने र फाट्ने क्रम बढ्दै गएर जोखिम बढेकोले भू–गर्भशास्त्रीहरु अध्ययनमा जुटेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);