मेची नदीको बगरमा लगाइएको खर्बुजाको बोट सुक्न थाले | ईमाउण्टेन समाचार

Our Network

माघ २५ २०८१, शुक्रबार

मेची नदीको बगरमा लगाइएको खर्बुजाको बोट सुक्न थाले

खगेन्द्र घिमिरे
झापा, १५ चैत । झापाको भद्रपुरस्थित मेची नदीको बगरमा कृषकले लगाएको खर्बुजाको बोट सुक्न थालेका छन् । आकाशे पानी नपर्दा अज्ञात रोगका कारण खर्बुजाको बोट सुक्न थालेपछि लगानी उठाउन समेत कठिन भएको कृषकहरुले गुनासो गरेका छन् ।

भद्रपुरस्थित मेची नदीको बगरका कृषकहरुले खर्बुजा खेति गर्दै आएका छन् । खर्बुजाबाटै आयस्रोत जुटाउँदै आएका कृषक यो बर्ष मारमा परेका छन् । खर्बुजाको बोट सुक्न थालेपछि कृषकहरु चिन्तित भएका छन् ।

आकाशे पानी नपरेकाले अज्ञात रोगका कारण बोट सुकेको कृषकले बताएका छन् । खर्बुजा बेच्ने समयमा बोट सुकेपछि कृषकहरुलाई लगानी उठाउन समेत कठिन हुने भएको छ ।

भद्रपुरको उत्तरदेखि दक्षिण सम्मको झण्डै २० देखि २५ बिगाहा जमिनमा खर्बुजा लगाइएको छ । एउटा बोटमा ४ देखि ६ वटा खर्बुजा फल्ने गरेकोमा यो बर्ष १ देखि ३ वटा मात्र फलेको छ ।

अघिल्लो बर्ष कृषि विकास कार्यालय झापाले केही विरुवा, खाद्यमल, पम्पसेट उपल्बध गराएको थियो । तर यो बर्ष कतैबाट सहयोग नआएको कृषकहरुको गुनासो छ ।

झापामा उत्पादन भएको खर्बुजा देशभर पुर्याइने गरिएको छ । कृषकले प्रति केजी १० देखि १५ रुपैयाँसम्म खर्बुजा बिक्री गर्ने गरेका छन् । कृषकहरुले खर्बुजाको बोट सुक्दा समेत सरकारी निकायले चाँसो नदिएको गुनासो गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);