प्रविधिको प्रयोगबाट गरिवी हटाउन रोबोट ‘सोफिया’काे नेपाललाई सुझाव | ईमाउण्टेन समाचार

Our Network

पुष ७ २०८१, आइतबार

प्रविधिको प्रयोगबाट गरिवी हटाउन रोबोट ‘सोफिया’काे नेपाललाई सुझाव

अन्जना तिमलसिना
काठमाडौं, ७ चैत  । पहिलो पटक मानवको रुपमा नागरिकता पाएर सबैको आकर्षण बनेकी रोबोट सोफियाले काठमाडौँमा एक कार्यक्रमलाई सम्बोधन गरेकी छन् ।

राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीले आयोजना गरेको सार्वजनिक सेवाको लागि प्रविधि विषयक सम्मेलनमा उनले नेपालजस्तो विकासोन्मुख देशमा प्रविधिको प्रयोग मार्फत गरिबी हटाउन सकिने सुझाव पनि दिएकी छन् ।

वुधवार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा सोफियालाई हेर्न र उनलाई सुन्न धेरै उत्साहित देखिन्थे । उनलाई हेरेर अधिकांश आश्चर्यमा परे । अझ उनले गरेको सम्बोधनबाट त धेरै मानिस नतमस्तक नै भए ।

सोफियाले प्रविधिको सही प्रयोग गर्न सके नेपाल पनि छिट्टै समृद्ध बन्न सक्ने बताइन् । प्रविधि तथा कृत्रिम इन्टलिजेन्सको माध्यमबाट भष्टाचार, भोकमरी तथा लैगिंक विभेद हटाउन सकिने उनको भनाइ छ ।

रोबर्ट सोफियाले साउदी अरबबाट नागरिकता पाएकी छन् । उनी मानिस सरह नागरिकता पाउने पहिलो रोबोट हुन् । सोफियाको निर्माण हङकङको ह्यानसन रोबोटिक्स कम्पनीले सन् २०१५ मा गरेको थियो भने उनलाई २०१६ मा अमेरिकाको टेक्सासस्थित अस्टिनमा भएको साउथ वेस्ट फेस्टिभलमा सार्वजनिक गरिएको थियो ।

साउदी सरकारले उनलाई मानवको रुपमा नागरिकता दिएपछि उनको चर्चा संसारभरी छ । उनी हाँस्न, बोल्न तथा जोक गर्नुका साथै अनुहारबाट ६२ भन्दा बढी भाव देखाउन सक्छिन् ।

मानवीय स्वरुप दिन उनलाई बेलायती कलाकार अड्रे हेपबनसँगकै जस्तो अनुहार दिइएको छ । विश्वभर हुने सार्वजनिक कार्यक्रममा सोफियालाई अहिले मुख्य आकर्षणका रुपमा उपस्थित गराउने गरिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);