देशलाई आर्थिक समृद्धिमा लैजाने जिम्मेवारी ईन्जिनियरको : उपराष्ट्रपति | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

देशलाई आर्थिक समृद्धिमा लैजाने जिम्मेवारी ईन्जिनियरको : उपराष्ट्रपति

Nanda-Bahadur-Pun

काठमाडौं, ७ चैत । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली मौलिकतामा आधारित भएर भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिएका छन् । उपराष्ट्रपति पुनले भौतिक संरचना भूकम्पप्रतिरोधी हुनै पर्नेतर्फ पनि इन्जिनियरहरुको गम्भिर ध्यानाकर्षण गराए ।

बुधबार इन्जिनियरहरुको राष्ट्रिय सम्मेलनलाई काठमाडौंमा उदघाटन गर्दै उनले हरेक संरचना निर्माण गर्दा पर्यटकलाई आकर्षित गर्ने खालका संरचना डिजाईन गर्नुपर्ने आवश्यक्ता औंल्याए ।

उपराष्ट्रपति पुनले गाउँ गाउँमा विकासको लहर ल्याउनका लागि जलविद्युत, कृषि, पर्यटन, भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिए । उपराष्ट्रपति पुनले देशलाई आर्थिक समृद्धिमा लैजाने जिम्मेवारी ईन्जिनियरहरुको काँधमा आएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);