महरालाई सभामुख चयन गर्दा कांग्रेसले किन गर्‍यो समर्थन ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर २७ २०८१, बिहीबार

महरालाई सभामुख चयन गर्दा कांग्रेसले किन गर्‍यो समर्थन ?

काठमाडौं, २६ फागुन । प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अनुभवी नेता भएकाले कृष्णबहादुर महरालाई सभामुखमा चयन गर्न समर्थन गरेको स्पष्ट पारेको छ ।

नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महरा अनुभवी नेता भएकाले सभामुखमा चयन गर्न समर्थन गरिएको प्रतिक्रिया दिएका छन् । महरा सभामुखमा चयन भएलगत्तै संचारकर्मीमाझ उनले महरासँग ४८ सालदेखि नै सांसद भएको अनुभव रहेको पनि स्मरण गराए ।

महामन्त्री कोइरालाले राष्ट्रपतिमा पार्टीको तर्फबाट उठाइएको उम्मेदवार भने फिर्ता नहुने स्पष्ट पारेका छन् । फागुन २९ गते हुने राष्ट्रपतिको निर्वाचनमा नेपाली काँग्रेसले कुुमारी लक्ष्मी राईलाई उम्मेदवार बनाएको छ ।

राष्ट्रपति निर्वाचनमा राष्ट्रपति विद्या भण्डारीले बामगठबन्धनको समर्थनमा उम्मेदवारी दिएकी छन् । जनजाति र सहिद परिवारको सदस्य समेत भएकाले राईलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय जायज रहेको काँग्रेस महामन्त्री कोइरालाको भनाई छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले माओवादी केन्द्रका नेता महरालाई सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो । बैठकमा प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले एक जनाको मात्रै उम्मेदवारी परेकाले महरा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।

उनलाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्तावमा एमालेका नेता एवम् पूर्वसभामुख सुभाष नेम्वाङले गरेका थिए भने माओवादी केन्द्रका प्रमुख सचेतक देवप्रसाद गुरुङ र प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले समर्थन गरेका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);