लाज नमानी माओवादीमा प्रवेश गर्न बाबुराम भट्टराईलाई प्रचण्डको आग्रह | ईमाउण्टेन समाचार

Our Network

मंसिर १९ २०८१, बुधवार

लाज नमानी माओवादीमा प्रवेश गर्न बाबुराम भट्टराईलाई प्रचण्डको आग्रह

prachanda-baburam

काठमाडौं, २२ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्तिका डा. बाबुराम भट्टराईलाई पार्टीमा फर्कन पुनः आह्वान गरेका छन् ।

अध्यक्ष दाहालले भट्टराई हिँडेको बाटो गलत भएको दावी गर्दै पार्टीमा फर्कन आह्वान गरेका हुन् । भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालका प्रवक्ता खिमलाल देवकोटालाई मंगलबार पार्टीमा स्वागत गर्दै उनले लाज नमानी पार्टीमा प्रवेश गर्न भट्टराईलाई आग्रह गरेका छन् ।

उनले भट्टराई पार्टीमा फर्किए आफूले फेरी अगाडि बढाउन चाहेको बताए । उनले मुलुकलाई समृद्ध बनाउने भट्टराईको चाहना राम्रो भएपनि त्यसलाई पूरा गर्ने बाटो सही नभएको बताए । अध्यक्ष दाहालले जनता, कार्यकर्ता र आफ्नै पसिनाबाट निर्मित पार्टीलाई छोडेर भट्टराईले गल्ती गरेको बताए ।

अध्यक्ष दाहालले भट्टराईप्रति कुनै घृणाभाव नरहेको स्पष्ट पारे । उनले भट्टराईलाई माया गर्नेहरु पार्टी भित्र थुप्रै रहेको बताए । अध्यक्ष दाहालले मुलुकलाई समृद्ध बनाउने लडाईमा विजयी हासिल गर्न आफूहरु लागि परेको बताए । माओवादी केन्द्र प्रवेश गरेका देवकोटाले मुलुकलाई स्थायित्व र विकास दिने भएकाले माओवादी केन्द्रकै फर्किएको प्रतिक्रिया दिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);