कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँः मन्त्री लम्साल | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोज्दैछौँः मन्त्री लम्साल

काठमाडौँ ।

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले विद्यमान कानून सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्न खोजेको बताउनुभएको छ । शुक्रवार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको ‘नेपाल पूर्वाधार सम्मेलन २०२६ सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै मन्त्री लम्सालले यस्तो बताउनुभएको हो । उहाँले कानूनअनुसार नै राज्यको प्रणाली चल्नुका साथै परिणाम समेत देखिने भन्दै सरकार नागरिकमैत्री कानून निर्माणमा केन्द्रित रहेको बताउनुभएको हो । ऐन देशको ऐना भएकोले जस्तो ऐन निर्माण गर्न सकियो त्यस्तै राष्ट्र बन्ने मन्त्री लम्सालको भनाइ छ ।

मन्त्री लम्सालले सार्वजनिक खरिद ऐन संशोधनका क्रममा सरोकारवाला निकायबाट प्राप्त सुझावहरुको सरकारले अध्ययन गरेपनि त्यसले नीतिगत आवश्यकता पूरा गर्न नसकेको कारण समेट्न नसकिएको बताउनु भयो । उहाँले मुलुकको पूर्वाधार निर्माणको कामलाई थप गतिशील र प्रभावकारी रुपमा सम्पन्न गर्न आवश्यक सुधारको यस गोष्ठीले महत्वपूर्ण भूमिका खेल्ने पनि बताउनु भयो । उहाँले विचौलियाले लाभ लिनेगरी कानून निर्माण नगर्ने कुरामा सरकार स्पष्ट रहेको पनि बताउनु भयो ।उहाँले कानून निर्माणको क्रममा ‘गर्न सक्नेछ’जस्ता शब्दावली नराखिने स्पष्ट पार्नुभयो ।

Leave a Reply