स्लोभाकियामा यस वर्षको गर्मीयाम सन् १९३१ यता रेकर्ड गरिएको तेस्रो सबैभन्दा तातो गर्मीयाम बनेको छ । स्लोभाक जल तथा मौसम विज्ञान संस्थानले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले यस्तो देखाएको हो । संस्थानकाअनुसार यस वर्षको जुन महिना अहिलेसम्मकै चौथो सबैभन्दा तातो जुन बनेको थियो भने अगस्ट दोस्रो सबैभन्दा तातो अगस्ट बनेको थियो । नित्रा क्षेत्रको मुज्ला गाउँमा गर्मीका दिनको संख्या सबैभन्दा धेरै ८७ दिन पुगेको थियो । सोही क्षेत्रको हुर्बानोभोमा ५६ दिन तापक्रम ३० डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुगेको थियो । यस गर्मीयाममा स्लोभाकियाले अहिलेसम्मकै लामो २२ दिनसम्मको तातो लहर पनि अनुभव गरेको थियो । जलवायु विज्ञ पिटर काजाबाका अनुसार, लगातार यति लामो समयसम्म तापक्रम ३० डिग्री सेल्सियस वा त्यसभन्दा माथि पुगेको घटना यसअघि संस्थानले रेकर्ड गरेको थिएन । यस गर्मीयाममा स्लोभाकियाका केही क्षेत्रमा तापक्रम ४२ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो । संस्थानले गर्मीयामको वर्षा र खडेरीको अवस्थासमेत मूल्यांकन गरेको छ । अगस्टको दोस्रो १०–दिने अवधिमा खडेरी सबैभन्दा चरम अवस्थामा पुगेको थियो । ओराभा क्षेत्रमा माटोमा आवश्यक चिस्यानको कमी १०० मिलिमिटरसम्म पुगेको थियो । संस्थानकाअनुसार स्लोभाकियाको करिब ९० प्रतिशत भूभाग गम्भीरदेखि अत्यधिक खडेरीको चपेटामा परेको थियो । यो खडेरी सन् २०२२ को भन्दा पनि गम्भीर रहेको बताइएको छ । खडेरीका कारण कृषि तथा वन क्षेत्रमा समेत उल्लेखनीय असर परेको संस्थानले जनाएको छ ।
स्लोभाकियामा सन् १९३१ यताकै तेस्रो सबैभन्दा तातो गर्मीयाम
ताजा समाचार
पुरुष कबड्डीमा नेपाल पराजित
१ घन्टा अघि
चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण
२ घन्टा अघि




