आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

भदौ २९ २०८३, मंगलबार

आजको मौसम

काठमाडौँ ।आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन-चट्याङ्ग सहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा र मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी, वागमती र  गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, वागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा तथा लुुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश तथा र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

Leave a Reply