अछाम, १३ फागुन । जिल्ला कारागार अछामले कैदीबन्दीहरुलाई सीपमूलक तालिम दिन सुरु गरेको छ । कैदीहरुको जीवन यापन सहज बनाउन कारागारले घरेलु तथा साना उद्योग व्यवसाय समितिको सहयोगमा सीपमूलक तालिम दिन सुरु गरेको छ ।
कैदीहरुलाई टोपी, मोजा, स्वीटर लगायतका सामाग्री बनाउने सिकाइने छ । सीपमुलक तालिम लिएपछि कैदीबन्दीहरु उत्साहित भएका छन् । जिल्ला कारागार अछाममा ५४ जना कैदी रहेकोमा २५ जनाले तालिम लिएका छन् ।