सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला | ईमाउण्टेन समाचार

Our Network

भदौ ७ २०८३, सोमबार

सरकार गठन भएयता पूँजीबजारमा ६ खर्ब रुपैयाँ डुब्यो, अर्थमन्त्रीज्यु चिठ्ठा खेलाउनमा व्यस्त हुनुहुन्छः सांसद सङ्ग्रौला

काठमाडौं ।

श्रम संस्कृति पार्टीकी सांसद अम्बिकादेवी सङ्ग्रौलाले सरकारको चालु आर्थिक वर्षको बजेटको असफलता पहिलो महिनादेखि नै देखिन थालेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको सोमवारको बैठकमा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । सांसद सङ्ग्रौलाले बैंकिङ प्रणालीमा पर्याप्त तरलता हुँदाहुँदै पनि व्यवसायीहरू ऋण लिएर लगानी गर्न इच्छुक नदेखिनु सरकारको आर्थिक नीतिप्रति अविश्वास भएको संकेत भएको बताउनु भयो । उहाँले ३६ देशलाई चिनेको भनि दाबी गर्ने गरिएका अर्थमन्त्री स्वर्णिम वाग्लेले आफ्नै देशलाई चिन्न नसकेको आरोप पनि लगाउनु भयो । उहाँले सरकार गठन भएयता पुँजीबजारमा ६ खर्ब रुपैयाँ डुबेको दाबी पनि गर्नुभयो ।उहाँले अर्थमन्त्री वाग्लेले पूँजीबजारमा देखिएको समस्या समाधान गर्नुको सट्टा चिठ्टा खेलाउनमा व्यस्त रहेको आरोप पनि लगाउनु भयो ।

Leave a Reply

ताजा समाचार