भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते | ईमाउण्टेन समाचार

Our Network

भदौ ३ २०८३, बिहीबार

भारतको मध्य प्रदेशमा सडक दुर्घटनाः ८ जनाको मृत्यु, २० भन्दा बढी घाइते

भारतको मध्य प्रदेश राज्यमा भएको भीषण सडक दुर्घटनामा आठ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् । मध्य प्रदेशको भिण्ड जिल्लास्थित ७१९ नम्बरको राष्ट्रिय राजमार्गमा एउटा यात्रुवाहक सवारीसाधन विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किँदा उक्त दुर्घटना भएको हो । स्थानीय प्रहरीकाअनुसार दुर्घटनामा घाइते भएकाहरूमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । दुर्घटनाका पीडितहरू छिमेकी राज्य उत्तर प्रदेशको लखिमपुर खेरी जिल्लाका खेत मजदुरहरू हुन् । उनीहरू धान रोपेर आफ्नो घर फर्किरहेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार राजमार्गमा अचानक आएका छाडा पशु चौपायालाई बचाउन खोज्दा तिब्र गतिमा रहेको यात्रुवाहक सवारीसाधन अनियन्त्रित भई ट्रकसँग ठोक्किन पुगेको थियो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको स्थानीय प्रशासनले जनाएको छ ।

Leave a Reply