काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्ला तीन दिनमा आफूले सबैभन्दा बढी गाली खाएको बताउनुभएको छ । आईतवार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले आफूले जीवनमा अहिलेसम्म नभोगेको निन्दा पछिल्ला तीन दिनमा भोगेको बताउनुभएको हो । नेपाली काँग्रेसको शेरबहादुर देउवा समूहले आयोजना गरेको राष्ट्रिय भेलामा सभापति थापाको आलोचना भएको थियो । सोही सन्र्दभलाई थापाले जन्मेदेखी आजसम्म भएको निन्दामध्ये सबैभन्दा ठूलो निन्दा पछिल्लो तीन दिनमा भोगेको बताउनुभएको हो । उहाँले सञ्चारमाधयमका हेडलाईन नै आफ्नो निन्दाले भरिएको बताउनु भयो ।




