सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

सरकारले घृणा र विभाजनको राजनीतिलाई वैधता दिन खोजेको सांसद झाँक्रीको आरोप

काठमाडौँ । 

नेकपा (एमाले)की सांसद रामकुमारी झाँक्रीले सरकारले घृणा, द्वेष र विभाजनकारी राजनीतिलाई वैधता दिने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । राष्ट्रिय सभाको शुक्रवारको बैठकमा बोल्दे उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारको राजनीतिक अभ्यासले समाजलाई धार्मिक तथा जातीय हिसावले विभाजनतर्फ धकेल्ने कार्य गरिरहेको आरोप पनि लगाउनु भयो । उहाँले सरकारको संघीयतासम्बन्धी धारणा सकारात्मक दिशामा नरहेको टिप्पणी गर्नुभयो । उहाँले सुनसरीसहित मधेशमा उत्पन्न धार्मिक तनाव उत्पन्न हुनुमा पहाडी–मधेशी भनेर विभाजित गर्ने प्रवृत्तिको उपज भएको बताउनु भयो ।

उहाँले नेपालको विशिष्ट राजनीतिक र सामाजिक परिस्थितिका कारण संघीय व्यवस्था आएको उल्लेख गर्दै यसको मूल उद्देश्य राज्यको सेवा प्रवाह र अधिकारको विकेन्द्रीकरण रहेको स्पष्ट पार्नुभयो ।उहाँले अहिले पनि संघीयताको विषयमा नागरिकलाई दिग्भ्रमित पार्ने कार्य भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।

Leave a Reply