तीन संसदीय समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो २ बजे बस्नेछ । बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ । राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा समितिको आ.व.२०८३÷०८४ को बार्षिक कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुनेछ । बिहान साढे ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा केन्द्रिय इतिहास विभाग, त्रिभूवन विश्वविद्यालय, कीर्तिपुरका पदाधिकारीहरुसँग छलफल हुनेछ ।

Leave a Reply