जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक | ईमाउण्टेन समाचार

Our Network

साउन ७ २०८३, शुक्रबार

जैविक कृषिको प्रवर्द्धन र मलमा अनुदान दिन सरकार सकारात्मक

काठमाडौं ।

प्रधानमन्त्री बालेन्द्र साहले जैविक कृषिको प्रवर्द्धन, उत्पादन तथा निर्यातका क्षेत्रमा देखिएका समस्या समाधान गर्न सरकार गम्भीर रहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा नेपाल अग्र्यानिक संघका पदाधिकारी तथा व्यवसायीहरुसँगको छलफलमा उहाँले यस्तो बताउनुभएको नेपाल अग्र्यानिक संघका अध्यक्ष दीपक बास्कोटाले प्रधानमन्त्री साहको भनाइ उद्धृत गर्दै जानकारी दिनुभएको हो । उहाँकाअनुसार प्रधानमन्त्री साहले जैविक कृषिको उत्पादन प्रवद्र्धन कसरी गर्न सकिन्छ भन्ने विषयमा व्यवसायीहरुसँग छलफल गर्नुभएको हो । भेटका क्रममा आफूहरुले जैविक कृषि प्रवर्द्धनका लागि मलमा अनुदान दिनुपर्ने माग राखेको उक्त माग सम्बोधन गर्न प्रधानमन्त्री एकदमै सकारात्मक रहेको बताउनु भयो ।

अध्यक्ष बास्कोटाले अग्र्यानिक चियाको उत्पादन र निर्यातमा देखिएका चुनौती तथा नीतिगत सुधारको आवश्यकता प्रधानमन्त्रीसमक्ष लिखित रुपमा बुझाएको बताउनु भयो । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक चियाको अन्तर्राष्ट्रिय बजार पर्याप्त रहेकाले उत्पादन वृद्धि र किसानलाई प्रोत्साहन गर्नेगरी काम गर्ने बताउनुभएको उहाँले जानकारी दिनुभयो । हिमालयन साङ्ग्रिला टी फ्याक्ट्रीका अध्यक्ष कमल मैनालीले रासायनिक मलसरह जैविक मलमा पनि अनुदान उपलब्ध गराउनुपर्ने माग प्रधानमन्त्री समक्ष राखेको बताउनु भयो । उहाँले जैविक प्रमाणीकरण प्रक्रियालाई सहज बनाउन अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था स्थापना गर्न तथा रोकिएको निर्यात अनुदान पुनः उपलब्ध गराउनुपर्ने माग समेत राखेको बताउनु भयो । जवाफमा प्रधानमन्त्री साहले अग्र्यानिक कृषि क्षेत्रमा देखिएका समस्या हल गर्न तत्काल कदम चाल्ने आश्वासन दिएको बताउनु भयो ।

गोर्खा टी स्टेटका अध्यक्ष उदय चापागाईंले आफूले अग्र्यानिक चियामार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय प्रतिष्ठा कायम राखिरहेको भएपनि विगतका सरकारबाट आवश्यक सहयोग प्राप्त गर्न नसकेको बताउनु भयो । उहाँले सरकारले उत्पादनभन्दा लगानीलाई बढी प्राथमिकता दिने गरेको गुनासो समेत प्रधानमन्त्री साहलाई सुनाएको बताउनु भयो । प्रधानमन्त्रीहरुसँगको छलफलले उद्योगीहरूमा सकारात्मक ऊर्जा थपिएको बताउँदै व्यवसायीहरुले नेपालको प्राकृतिक तथा जैविक उत्पादनलाई विश्व बजारमा पु¥याउन सरकारले मद्दत गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।

Leave a Reply

ताजा समाचार