साहित्यको गहिरो बुझाइबाट मात्रै पूर्ण राजनीतिज्ञ बन्न सकिन्छ: गुरु घिमिरे | ईमाउण्टेन समाचार

Our Network

साउन ५ २०८३, बुधवार

साहित्यको गहिरो बुझाइबाट मात्रै पूर्ण राजनीतिज्ञ बन्न सकिन्छ: गुरु घिमिरे

नेपाली काँग्रेसका महामन्त्री गुरु घिमिरेले साहित्यको गहिरो बुझाइ भएको व्यक्ति मात्रै पूर्ण राजनीतिज्ञ बन्नसक्ने बताउनुभएको छ । मंगलवार राजधानी काठमाडौंमा आफ्ना पुस्तक बुद्ध, वीपी र आजका नेता र लिलिपुटका लघुमानव विमोचन  समारोहलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले साहित्यको गहिरो बुझाइ भएको व्यक्तिले मात्र राजनीतिक रुपमा उचाई प्राप्त गर्नसक्ने बताउनु भयो । उहाँले वीपी कोईरालाको राजनीति र साहित्य दुवै क्षेत्रमा समान उचाइ रहेको रहेको पनि बताउनु भयो । उहाँले कोइरालालाई राजनीतिबाट अलग गरिए नेपालको राजनीतिक इतिहास र साहित्यबाट अलग गरिए नेपालको साहित्य आका नै अधुरो हुने बताउनु भयो ।

महामन्त्री घिमिरेले नेपाली समाजले खुलेर अभिव्यक्त गर्न कठिन ठानेका विषयलाई साहित्यमार्फत उजागर गरेको तथा पलायनवादी चिन्तनलाई नेपाली साहित्यमा प्रयोग गर्ने पहिलो साहित्यकारका रूपमा कोइरालाको योगदानलाई स्मरण गर्नुभयो ।उहाँले नेपाली काँग्रेसको राजनीति पूर्णतातर्फ अघि बढिरहेको दाबी समेत गर्नुभयो ।

Leave a Reply