महिला चालकलाई पर्यटन आतिथ्यता तालिम | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८३, शुक्रबार

महिला चालकलाई पर्यटन आतिथ्यता तालिम

काठमाडौं ।

नेपालको पर्यटन क्षेत्रलाई लैङ्गिक र सामाजिक रूपमा समावेशी बनाउने उद्देश्यका साथ महिला तथा सीमान्तकृत समुदायका लागि क्षमता अभिवृद्धिसहतिको स्वरोजगार बनाउने अभियान शुरु गरिएको छ ।
नेपाल पर्यटन बोर्डले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडीपीको सहयोगमा दिगो पर्यटन परियोजना मार्फत महिलाहरूलाई रोजगारीको ग्यारेन्टीसहित सवारी चालक र पर्यटन आतिथ्यता तालिम दिन शुरु गरेको हो । यसअघि बहिराहरुलाई बारिष्ठा, टुरिस गाईड महिलालाइ ¥याफ्टिङ लगायत तालिम सञ्चालन गर्दे पर्यटन व्यवसायलाई समावेशी बनाउने प्रयासमा लागेको बोर्डले अहिले पर्यटन सवारी चालक महिलाका लागि आतिथ्य सत्कार तालिम दिएको हो । युएनडीपीकी पोर्टफोलियो म्यानेजर कल्पना सरकारले तालिममा सहभागी महिलाको रोजगारी सुनिश्चित गरिएकाले तालिमले महिलाको आर्थिक अवस्था सुधार गर्न पनि सहयोग पुराउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो ‘टुरिजम सेक्टरमा महिलाको सहभागिता ट्रेकिङ, ¥याफ्टिङ र ड्राइभिङमा निकै कम छ । उनीहरूलाई हामीले क्षमता अभिवृद्धि गर्दियौँ भने दक्ष जनशक्ति उत्पादन हुन्छ । हामीले रोजगारीको पनि ग्यारेन्टी गरेका छौँ । यसले उनीहरूको आयआर्जन पनि बढाउँछ । यसले उनीहरुलाई इनडिपेन्डेन्ट बनाउन सहयोग पुर्‍याउँछ।  महिला र सीमान्तकृतलाई टार्गेट गरेर होल टुरिजम सेक्टरलाई समावेशी भन्ने नै हाम्रो लक्ष्य हो । परियोजनाले त्यो लक्ष्य प्राप्त गर्नका लागि टार्गेटेड इन्टरभेन्सनहरू गरिरहेको छ । जसले गर्दा उनीहरूको इकोनोमिक इम्पावरमेन्टमा पनि कन्ट्रीब्युट गरोस् ।’
परियोजनाले तालिममा सहभागी ३८ जना महिलाको रोजगारी सुनिश्चित गरेको छ । मुलुकभरबाट छानिएका ३८ जना महिलाले अहिले हलुका सवारी चालक सहित पर्यटन आतिथ्यता लगायत पर्यटन क्षेत्रमा आवश्यक पर्ने शीपको तालिम लिईरहेका छन् ।

Leave a Reply