स्पेनको उत्तर–पूर्वी क्षेत्रमा भीषण डढेलोः २,३०० हेक्टर वन क्षेत्र खरानी, १० हजार स्थानीय प्रभावित | ईमाउण्टेन समाचार

Our Network

असार २१ २०८३, सोमबार

स्पेनको उत्तर–पूर्वी क्षेत्रमा भीषण डढेलोः २,३०० हेक्टर वन क्षेत्र खरानी, १० हजार स्थानीय प्रभावित

स्पेनको उत्तर–पूर्वी क्षेत्र क्याटालोनियामा लागेको भीषण डढेलो नियन्त्रण बाहिर पुगेको छ । शुक्रवार साँझदेखि शुरु भएको यस डढेलोले हालसम्म करिव २,३०० हेक्टर जमिन नष्ट गरिसकेको छ । जिरोना प्रान्तका विभिन्न नगरपालिकाहरूका करिव १० हजार बासिन्दाहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ वा घरभित्रै बस्न निर्देशन दिइएको छ । डढेलोका कारण धेरै सडकहरू अस्थायी रूपमा बन्द गरिएको भएपनि हालसम्म मानवीय क्षतिको कुनै विवरण प्राप्त भएको छैन र सबै बासिन्दा सुरक्षित रहेको बताइएको छ । तिब्र गतिका हावाका कारण डढेलो नियन्त्रणमा कठिनाइ भइरहेको छ भने यसले गर्दा नजिकैको प्रकृति संरक्षण क्षेत्रसम्म आगो फैलिन पुगेको छ । अग्नि नियन्त्रणका लागि ४०० भन्दा बढी अग्निनियन्त्रक, हेलिकप्टर र विशेष विमानहरू परिचालन गरिएको छ । स्थितिलाई थप जटिल बन्न नदिन स्पेनको सैन्य आपतकालीन इकाईले २०० सैनिक र ६० वटा सवारी साधनहरू समेत परिचालन गरेको छ ।
जिरोना क्षेत्रका अग्नि नियन्त्रण अपरेसन प्रमुख फेरान गार्सियाले डढेलोको फैलावट अग्निनियन्त्रकहरूको क्षमताभन्दा बाहिर जान सक्ने जोखिम रहेको बताउनु भयो । उहाँले हालको प्राथमिकता आगोलाई निश्चित घेराभित्र सीमित राख्ने र क्षति न्युनिकरण गर्ने रहेको जानकारी दिनुभयो ।
स्थानीय प्रहरीलाई उद्धृत गर्दै स्पेनी सञ्चारमाध्यमहरूले जनाएअनुसार आगजनीको आशंकामा एक कामदारलाई नियन्त्रणमा लिइएको छ । प्रारम्भिक अनुसन्धानले सडक मर्मतका क्रममा प्रयोग गरिएको मेसिनरीबाट निस्किएको झिल्कोका कारण आगो सल्केको हुनसक्ने देखाएको छ । यस घटनाबारे थप कानूनी अनुसन्धान भइरहेको छ ।

Leave a Reply

ताजा समाचार