सरकार आफ्ना प्रतिवद्धतामा पूर्णतः असफल भएको एमाले महासचिव पोखरेलको दाबी | ईमाउण्टेन समाचार

Our Network

असार १९ २०८३, शनिबार

सरकार आफ्ना प्रतिवद्धतामा पूर्णतः असफल भएको एमाले महासचिव पोखरेलको दाबी

काठमाडौं ।

नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकार आफ्नो १०० बुँदे प्रतिवद्धता पूरा गर्न पूर्ण रूपमा असफल भएको बताउनुभएको छ । ललितपुरमा आयोजित ‘मिसन पार्टी जागरण’ अभियानको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारको १०० दिने कार्यकालले मुलुकलाई सही दिशा दिन नसकेको टिप्पणी गर्नुभएको हो । महासचिव पोखरेलले लोकप्रियतावाद र सामाजिक सञ्जालको सहारामा आर्जन गरिएको जनसमर्थन क्षणिक हुने तर्क गर्नुभयो । पपुलिजमले जनताको भावना दोहन गरे पनि राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सम्बोधन गर्न र विधिको शासन स्थापित गर्न नसक्ने उहाँको भनाइ छ ।

सरकारको कामकारबाहीको आलोचना गर्दै उहाँले मुलुक विधिको शासनबाट विचलित भएको र संविधान तथा लोकतन्त्रको भविष्यमाथि नै प्रश्नचिह्न खडा भएको आरोप लगाउनु भयो । सरकार पपुलिजमको आडमा स्वेच्छाचारी र अधिनायकवादी शासनतर्फ उन्मुख भएको दाबी गर्दै उहाँले यसका विरुद्ध जनतालाई सुसूचित गर्न एमालेले ‘मिसन पार्टी जागरण’ अभियान शुरु गरेको स्पष्ट पार्नुभयो  ।महासचिव पोखरेलले २०८२ सालको आम निर्वाचनपछि जनमत पाएर गठन भएको सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै एमालेले अब जनताका बीचमा जाने योजनाका साथ यो अभियान सञ्चालन गर्ने जानकारी दिनुभयो ।

Leave a Reply

ताजा समाचार