काठमाडौं ।
नेकपा (एमाले)का सांसद गुरु बरालले सम्पती शुद्धीकरण (मनि लाउण्डरिङ) निवारण विधेयक सरकारले पर्याप्त तयारीबिनै हतारमा ल्याएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सम्पती शुद्धिकरण (मनि लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ माथि संशनेधन प्रश्ताव प्रश्तुत गर्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले २०६४ देखि कार्यान्वयनमा रहेको ऐनबाट प्राप्त अनुभवका आधारमा विधेयकलाई समृद्ध बनाएर ल्याउनुपर्नेमा सरकारले तथ्यको तोडमोड गरी विधेयक ल्याएको टिप्पणी गर्नुभयो ।
उहाँले सम्पती शुद्धीकरण नियन्त्रणको विषयलाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिँदै भ्रष्टाचारमुक्त र सुशासनयुक्त राज्य निर्माणका लागि एमाले विधेयकको पक्षमा रहे पनि तथ्यगत त्रुटी सच्याउन सरकारसँग माग गर्नुभयो ।




