परराष्ट्र मन्त्रालयले सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको छः मन्त्री खनाल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

परराष्ट्र मन्त्रालयले सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको छः मन्त्री खनाल

काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले सरकारले राष्ट्रिय हित र मुलुकको छवि प्रवद्र्धनमा केन्द्रित परराष्ट्र नीति र अन्तर्राष्ट्रिय सम्बन्धलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।बुधवार राष्ट्रिय सभा बैठकमा सांसदहरुले उठाएका मौखिक प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले उक्त दाबी गर्नुभएको हो । मन्त्री खनालले सरकारको मुख्यध्येय नै राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गर्नु रहेको पनि उल्लेख गर्नुभयो । उहाँले परराष्ट्र सम्बन्ध संचालनको विषय संवेदनशील विषय भएको उल्लेख गर्दै त्यसमा सम्बन्धित सबैको दायित्व, योगदान र भूुमिका हुने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री खनालले सरकारले परराष्ट्र मामिलामा सशक्त र प्रभावकारी कार्य सम्पादन गर्दै आएको जिकिर पनि गर्नुभयो ।मन्त्री खनालले परराष्ट्र सम्बन्धलाई प्रभावकारी बनाउनका लागि सरकारले सांसदहरुको मार्गनिर्देशनको पनि सदैव अपेक्षा गरेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार