देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना, उच्च शतर्कता अपनाउन महाशाखाको आग्रह | ईमाउण्टेन समाचार

Our Network

असार १५ २०८३, मंगलबार

देशभर भारीदेखि धेरै भारी वर्षाको सम्भावना, उच्च शतर्कता अपनाउन महाशाखाको आग्रह

काठमाडौं ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज र भोलि देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाउँदै उच्च शतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाकाअनुसार हाल कोशी, वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमदेखि भारी वर्षा भइरहेको छ । बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण नेपालमा जलवाष्पयुक्त हावाको प्रवाह क्रमशः बढ्दै गएकाले मनसुनी गतिविधि थप सक्रिय भएको हो । आज र भोलि कोशी, मधेस, वागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका थोरै स्थानहरूमा चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । महाशाखाले यी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षासमेत हुनसक्ने पूर्वानुमान गरेको छ । भारी वर्षाका कारण हुनसक्ने भू–क्षय, बाढी र पहिरोको जोखिमप्रति सचेत गराउँदै महाशाखाले शहरी तथा तराई क्षेत्रमा डुबानको समस्या हुनसक्ने चेतावनी दिएको छ । साथै, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्र र जोखिमयुक्त स्थानमा बसोबास गर्ने सर्वसाधारणलाई आवश्यक सावधानी अपनाउन विभागले विशेष आग्रह गरेको छ ।

Leave a Reply