सन्दर्भमा छलफल गर्न उहाँ पाकिस्तान जानुभएके हो । भ्रमणका क्रममा राष्ट्रपति पेजेस्कियान र पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफबीच उच्चस्तरीय भेटवार्ता हुने कार्यतालिका रहेको छ । उक्त भेटमा दुई नेताहरूले द्विपक्षीय सम्बन्धको समीक्षा गर्नुका साथै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विकासक्रम र दुई देशबीचको सहयोगलाई थप सुदृढ बनाउने विषयमा गहन विचार विमर्श गर्ने बताइएको छ । छलफलपश्चात प्रधानमन्त्री सरिफ र राष्ट्रपति पेजेस्कियानले संयुक्त प्रेस ब्रिफिङमार्फत सञ्चारमाध्यमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । यस भ्रमणले पाकिस्तान र इरानबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै क्षेत्रीय स्थिरता र आर्थिक सहकार्यलाई थप बल पु¥याउने अपेक्षा गरिएको छ ।




