अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको पाकिस्तानको दाबी, १९ जुनमा स्विट्जरल्याण्मा हस्ताक्षर हुने | ईमाउण्टेन समाचार

Our Network

असार १ २०८३, मंगलबार

अमेरिका र इरानबीच ऐतिहासिक शान्ति सम्झौता भएको पाकिस्तानको दाबी, १९ जुनमा स्विट्जरल्याण्मा हस्ताक्षर हुने

काठमाडौं ।

पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सोमवार बिहान अमेरिका र इरानबीच सघन वार्ता पश्चात ऐतिहासिक शान्ति सम्झौता भएको घोषणा गर्नुभएको छ । यस सम्झौताको आधिकारिक हस्ताक्षर समारोह आगामी जुन १९ मा स्वीट्जरल्याण्डमा तय गरिएको छ । सामाजिक सञ्जाल एक्समा एक वक्तव्य जारी गर्दै प्रधानमन्त्री सरिफले दुवै पक्षले लेबनानसहित सबै मोर्चामा सैन्य कारबाही तत्काल र स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको जानकारी दिनुभयो । सम्झौता कार्यान्वयनको तयारीका लागि यसै साता मध्यस्थकर्ताहरूले विभिन्न बैठकहरू आयोजना गर्ने समेत उहाँले बताउनु भयो । प्रधानमन्त्री सरिफका अनुसार यी पूर्व–कार्यान्वयन छलफलहरूले प्राविधिक वार्ता र औपचारिक हस्ताक्षर समारोहको ठोस आधारशिला तयार गर्नेछन् ।
द्वन्द्वको कुनीतिक समाधानका लागि अमेरिका र इरानले देखाएको प्रतिबद्धताप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री सरिफले मध्यस्थता प्रक्रियामा क्षेत्रीय साझेदारहरूले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।
यस घोषणाको केही मिनेट पछि नै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिका–इरान सम्झौता अहिले पूर्ण भएको पुष्टि गर्नुभएको छ । साथै, उहाँले इरानी बन्दरगाहहरू विरुद्ध लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी तत्काल हटाउन अनुमति दिइसकेको कुरा स्पष्ट पार्नुभयो ।

Leave a Reply

ताजा समाचार