नेपाल–भारत सीमा व्यवस्थापन संयन्त्रको बैठक अगस्टमा, हराएका सीमा स्तम्भ पुनःस्थापनाको काम तिब्रः परराष्ट्रमन्त्री | ईमाउण्टेन समाचार

Our Network

साउन १० २०८३, सोमबार

नेपाल–भारत सीमा व्यवस्थापन संयन्त्रको बैठक अगस्टमा, हराएका सीमा स्तम्भ पुनःस्थापनाको काम तिब्रः परराष्ट्रमन्त्री

काठमाडौँ ।

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा व्यवस्थापनसम्बन्धी संयुक्त कार्य समूह (ज्वाइन्ट वर्किङ ग्रुप अन बोर्डर म्यानेजमेन्ट)को बैठक आगामी अगस्ट २०२६ मा आयोजना हुने जानकारी दिनुभएको छ । प्रतिनिधि सभाको बुधवारको बैठकमा प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट स्पष्टिरकण दिँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल र भारतबीचको समन्वय, सहकार्य तथा साझेदारीलाई थप प्रभावकारी बनाउन स्थापित विभिन्न द्विपक्षीय संयन्त्रहरूलाई पुनः सक्रिय बनाइएको बताउनु भयो ।

ती संयन्त्रहरूको नियमित बैठकले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन तथा साझा सम्भावना र सहकार्यका विषयमा छलफल गर्न महत्वपूर्ण भुमिका मन्त्री खनालको विश्वास छ । उहाँले नेपाल–भारत सीमा क्षेत्रमा हराएका सीमा स्तम्भहरूको मर्मत, पुनस्र्थापना तथा पुनर्निर्माणको काम अघि बढिरहेको जानकारी पनि दिनुभयो । उहाँले हाल संयुक्त फिल्ड सर्वे टोलीले विभिन्न स्थानमा स्थलगत काम गरिरहेको र यसका लागि चारवटा छुट्टाछुट्टै टोली परिचालन गरिएको बताउनु भयो ।हाँले क्रस बोर्डर अकुपेशनसहितका विभिन्न विषयमा नेपाल र भारत दुवैतिरका सयन्त्रहरुले काम गरिरहेको बताउनु भयो ।

Leave a Reply