सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक मङ्गलवार बस्दैछ। दुवै सदनमा आगामी आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गर्ने मुख्य कार्यसूची रहेको छ।
प्रतिनिधि सभाको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनुहुनेछ। साथै, कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरूको नाम मनोनयन गरिएको जानकारी गराउने र वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट निर्धारित अवधिभित्र फिर्ता नभएको व्यहोरा सदनलाई अवगत गराउने कार्यक्रम रहेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ। सो प्रश्तावमाथि सामान्य छलफल प्रारम्भ हुनेछ र छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्रीले दिनुहुनेछ ।
व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विनियोजन विधेयक, २०८३, राष्ट्र ऋण उठाउने विधेयक, २०८३ र नेपाल राष्ट्र बैङ्क (तेस्रो संशोधन) विधेयक, २०८३ प्रश्तुत गर्न अनुमति माग्ने र ती विधेयकहरू प्रश्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले राष्ट्रिय सभामा उत्पत्ति भएको चलचित्र विधेयक, २०८२ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुने संसद सचिवालयले जनाएको छ ।
दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सम्माननीय अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनुहुनेछ ।
राष्ट्रिय सभामा पनि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३ ०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रश्ताव प्रश्तुत गर्नुहुनेछ । उक्त प्रस्ताव स्वीकृत भएपश्चात बजेटमाथि सामान्य छलफल प्रारम्भ हुने कार्यसूची तय गरिएको छ ।
सङ्घीय संसद्को दुवै सदनमा बजेटमाथि छलफल शरु हुँदै, यस्तो छ मङ्गलवारको कार्यसूची
ताजा समाचार
Avec Bonus Roulette Manuel: Revue Expert
४२ मिनेट अघि
Roulette Wetten Online: Ein Experte Leitfaden
१ घन्टा अघि




