सभामुखले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु पर्दछः खुश्बु ओली | ईमाउण्टेन समाचार

Our Network

जेठ १९ २०८३, बुधवार

सभामुखले प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउनु पर्दछः खुश्बु ओली

काठमाडौं ।

विपक्ष दल  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सर्वदलीय बैठक बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै ठाउँमा मिचेको छ भनि दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै आएको उक्त पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले राष्ट्रको गरिमासँग जोडिएको विषयमा छलफल गर्नका लागि दलहरुका शिर्ष नेताहरुसहितको सहभागिता हुनेगरी सर्वदलीय बैठक बोलाउन सभामुख अर्यालको ध्यानाकर्षण गराउनुभएको हो । उहाँले प्रधानमन्त्री साहको उक्त अभिव्यक्ति सच्याउनुको विकल्प नभएको अडान पनि राख्नुभयो ।

प्रमुख सचेतक ओलीले संसदलाई पेलेर अघि बढाउने प्रयास नगर्न सभामुख अर्याललाई सचेत पनि गराउनु भयो ।प्रमुख सचेतक ओलीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा त्रुटीपूर्ण अभिव्यक्ति सच्याउन नमिल्ने गरी अन्तराष्ट्रियकरण भएको भन्दै आपत्ति समेत बताउनु भयो ।

Leave a Reply