बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाः सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन | ईमाउण्टेन समाचार

Our Network

जेठ १५ २०८३, शनिबार

बजेटबारे पूर्वअर्थराज्यमन्त्री राणाः सरकारले लिने ऋण र पूर्वाधार खर्चबीच सन्तुलन मिलेन

काठमाडौँ ।

पूर्वअर्थराज्यमन्त्री एवं नेपाली काँग्रेस सहमहामन्त्री उदय शमशेर राणाले सरकारको अगामी आर्थिक वर्षको बजेटमा अत्यधिक महत्वाकांक्षी भएको टिप्पणी गर्नुभएको छ । बजेट वक्तव्यपछि न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले अगामी आर्थिक वर्षको बजेटको आकार चालु आर्थिक वर्षको संशोधित बजेटभन्दा करिव २५ प्रतिशतले वृद्धि गरी ल्याइएको बताउनु भयो । उहाँले बजेटमा ऋण र पूर्वाधार खर्चबीच सन्तुलन नमिलेको बताउनु भयो । सरकारले ठूलो परिमाणमा आन्तरिक तथा वैदेशिक ऋण उठाउने लक्ष्य राखेपनि त्यसअनुसार पूर्वाधार क्षेत्रमा पयाप्त बजेट विनियोजन नगरिएको उहाँको टिप्पणी छ ।

सरकारले अगामी आर्थिक वर्षमा ६ अर्ब ५७ खर्ब रुपैयाँको ऋण लिने भनेको छ भने पूर्वाधार विकासमा ४ खर्ब ३१ अर्ब रुपैयाँ विनियोजन गरेको छ । पूर्वअर्थराज्यमन्त्री राणाले ऋण उत्पादक क्षेत्रमा खर्च नभए भविष्यमा ऋण तिर्न थप समस्या सिर्जना हुने चेतावनी दिनुभयो । साथै बजेटमा गरिबी न्यूनीकरण र विपन्न वर्गका विषय प्रभावकारी रूपमा समेटिन नसकेको भन्दै लक्ष्य हासिल गर्न कठिन हुने धारणा राख्नुभयो ।उहाँले युवा स्वरोजगारी र स्टार्टअपको सवालमा सरकारले केही नयाँ ल्याउन नसकेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा समस्या हुने समेत बताउनु भयो ।

Leave a Reply