काठमाडौँ ।
प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सांसद मातृकाप्रसाद यादवले संसदमा सबै मातृ भाषाहरु बुझ्नेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो माग गर्नुभएको हो । सांसद यादवले छोटी भन्सार हटाउने सरकारको निर्णय तत्काल फिर्ता हुनुपर्ने माग समेत गर्नुभयो । उहाँले सरकारका कामबाही जनताको हित विपरित हुने गरेको भन्दै आपत्ति जनाउनु भयो । सांसद यादवले सरकारले मिटरब्याज पीडितहरुलाई न्याय दिने कुरामा ध्यान दिनुपर्ने पनि बताउनु भयो ।




