प्रश्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मामाथि संसदीय सुनुवाई भइरहेको छ ।
मंगलवार सिंहदरबारमा बसेको समिति बैठकमा उहाँविरुद्ध परेका उजुरीहरू अध्ययनपश्चात शर्मा संसदीय समितिमा उपस्थित हुनुभएको छ । सुनुवाईमा भाग लिँदै नेपाली काँग्रेसका सांसद आनन्द ढुंगानाले न्यायालय र बारबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ भन्दै प्रश्न गर्नुभयो । उहाँले लामो समयदेखि बेन्च (न्यायालय) र बारबीच द्वन्द्व भइरहँदा न्याय सम्पादन प्रभावित हुँदै आएको बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘न्यायालय र बारबीच लामो द्वन्द्व भइरहन्छ । बार र न्यायालयको बेन्चबीच जुन द्वन्द्व छ त्यसलाई कसरी निरुपण गर्नुहुन्छ । विगतमा केही प्रधान न्यायाधीशले यो द्वन्द्व कम गर्ने प्रयास गरेपनि अहिले फेरि यो द्वन्द्व बढेको जस्तो देखिन्छ । द्वन्द्व बढ्यो भने फेरी न्याय पाउन गाह्रो हुँदो रहेछ ।’
उहाँले न्यायालयलाई विकासमैत्री कसरी बनाउन सकिन्छ भन्ने चासो समेत प्रश्ताविक प्रधानन्यायाधीश शर्मासमक्ष राख्नुभयो ।
प्रश्तावित प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मालाई प्रश्न–बार र बेन्चबीचको द्वन्द्व व्यवस्थापन कसरी गर्नुहुन्छ ?
ताजा समाचार
भारतको बिहारमा यात्रुवाहक रेलमा आगलागी
३७ मिनेट अघि
प्रधानन्यायाधीश शर्माले लिए पद तथा गोपनीयताको शपथ
५४ मिनेट अघि




