विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री वाग्ले नभएपछि सांसद सिंहको आपत्ति, संसदको औचित्य नै समाप्त पार्न खोजेको आरोप | ईमाउण्टेन समाचार

Our Network

भदौ २७ २०८३, आइतबार

विनियोजन विधेयकमाथिको छलफलमा अर्थमन्त्री वाग्ले नभएपछि सांसद सिंहको आपत्ति, संसदको औचित्य नै समाप्त पार्न खोजेको आरोप

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. अमरेशकुमार सिंहले विनियोजित विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले उपस्थित नभएको भन्दै आपत्ति जनाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा सो विधेयकमाथिको जारी छलफलमा भाग लिँदै उहाँले सरकारले परम्परा तोड्ने नाममा गर्दै नहुने काम गरिरहेकाले बोल्न बाध्य हुनुपरेको समेत स्पष्ट पार्नुभयो । सांसद सिंहले संसदीय व्यवस्थामा संसदमा बजेटबारे छलफल हुँदा अर्थमन्त्री अनिवार्य उपस्थिति हुने परम्परा रहेको र त्यसलाई सरकारले दृढतापूर्वक पालना गर्नुपर्नेमा त्यसो नगरेर संसदको औचित्य नै समाप्त पार्ने अवस्था ल्याउन खोजेको आरोप पनि लगाउनु भयो । उहाँले नयाँको नाममा सबै भत्काउने छुट सरकारलाई नभएको पनि बताउनु भयो ।
उहाँले भन्नुभयो,‘वास्तवमा परम्परा तोडने नाममा सबै परम्परा तोडियो । बजेट विनियोजन प्राथमिकता हुँदाखेरी अर्थमन्त्री जहिले पनि बस्ने सिष्टम थियो । परराष्ट्र मन्त्रीले बजेट बनाउने होइन । परराष्ट्र मन्त्रालयको बजेट त्यही जान्छ । हामी पाँच चोटीको सांसद पनि सबै परम्परा भत्काउँदै गयौ भने यो संसदको औचित्य समाप्त हुन्छ । पार्लियामेन्ट्री सिष्टम समाप्त हुन्छ । हाम्रो देश, हाम्रो संविधान, पार्लियामेन्ट्री सिष्टम अंगिकार गरेको छ । जहाँ अल पार्लियामेन्टरी इक्वायल हुन्छ । प्रश्न सरकारसँग गरिन्छ । र, सांसदले जनताका कुरा पनि सरकारसँग राखिन्छ । यो बीस वर्षको कार्यकालमा म पहिलोचोटी देख्दैछु कि अर्थमन्त्री नभएर पनि यो बजेट विनियोजन विधेयकको छलफल चल्दैछ कि । यो कस्तो परम्परा सूरुवात हुँदैछ? नयाँको नाम सबै भत्काउने होइन । सिंहदरवार पनि भत्काउँ, प्रधानमन्त्री पद पनि भत्काउ । मन्त्री पद पनि भत्काउ । सबै चिज चेन्ज गरौन । किनकी जति व्यस्त भएपनि त्यो औचित्यपूर्ण हुुनु पर्छ के । अति भएपछि बोल्न बाध्य भए । त्यही भएर बालेको हो ।’
सांसद सिंहले् आफू छ पटक सांसद भएको तर संसदमा बजेटबारे छलफल हुँदा अर्थमन्त्री नभएको पहिलो पटक भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो ।

Leave a Reply