काठमाडाैं ।
नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले सरकारले जनताको दैनिक जीवन सहज बनाउन आवश्यक कार्यक्रम ल्याउन नसकेको बताउनुभएको छ । सिंहदरबारस्थित संसद भवन बाहिर संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उहाँले सरकारले सुरुवातमा नै राम्रो छनक नल्याएको बताउनुभएको हो । उहाँले जनताको चुल्हो बल्नै गाह्रो हुने अवस्था सिर्जना हुन लागेको अवस्थामा सरकारले संकट व्यवस्थापनमा ध्यान दिन नसकेको बताउनु भयो । सरकारको सरकारको पहिलो प्राथमिकता जनताको जीवन रक्षा हुनुपर्ने उहाँको भनाई छ ।
बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिले राष्ट्रिय जीवनमा गम्भीर असर पारेको उहाँले बताउनु भयो । उहाँकाअनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको छ भने सर्वसाधारणको दैनिक जीवन झन् कठिन बन्दै गएको छ । उहाँले कृषिको मुख्य सिजन शुरु हुन लागेकोले मलको अभाव समाधान गर्न ध्यान दिन पनि सरकारलाई सुझाव दिनुभयो ।




