पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिच्योः नेता पाण्डे

काठमाडाैं ।

नेपाली काँग्रेसका नेता बद्रीप्रसाद पाण्डेले पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीको गिरफ्तारीमा राज्यले विधि र प्रक्रिया मिचेको आरोप लगाउनुभएको छ । मंगलवार पूर्णबहादुर खड्का र शेखर कोईराला पक्षको केन्द्रिय समिति बैठकका क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यस विषयमा पार्टीले गम्भीर राजनीतिक समीक्षा गर्ने बताउनु भयो ।

राजनीतिक वृत्तका साथै कानूनी र मानवअधिकारवादी क्षेत्रबाट समेत यसमाथि प्रश्न उठेको उल्लेख गर्दै उहाँले पछिल्ला घटनाक्रमबारे अनौपचारिक भेलामार्फत छलफल र परामर्श अघि बढाइने जानकारी दिनुभयो । गत शनिवार जेन जी आन्दोलन दबाएको आरोपमा प्रहरीले पूर्वप्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली काँग्रेसका नेता रमेश लेखकलाई ज्यान सम्बन्धी कसुरमा पक्राउ गरेको थियो ।

उहाँले पार्टीभित्रको आन्तरिक एकता र राष्ट्रिय राजनीतिका समसामयिक विषयमा छलफल गर्न काँग्रेस नेताहरूको अनौपचारिक भेला आयोजना गरिएको बताउनु भयो । पाण्डेले यस्ता अनौपचारिक छलफलहरूले नागरिक तहमा विश्वास जगाउने र देश निर्माणको बाटोमा सबैलाई गोलबन्द गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिशोधको राजनीतिभन्दा पनि स्वस्थ प्रतिष्पर्धा, हार्दिकता र मेलमिलापको माध्यमबाट देशको रूपान्तरण र समृद्धिको बाटो पक्रिनुपर्ने बताउनु भयो ।

Leave a Reply

ताजा समाचार