सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाइनु स्वागतयोग्यः अध्यक्ष ढकाल

काठमाडौं।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लामो समयदेखि समस्याका रुपमा रहेको सार्वजनिक खरिद ऐन संशोधनका लागि कार्यदल बनाउनु स्वागयोग्य भएको बताउनुभएको छ । निर्माण व्यवसायी महासंघको २६ औँ साधारण सभा तथा १३ औँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले सार्वजनिक खरिद ऐन लामो समयदेखि अव्यवहारिक रहेको र निजी क्षेत्रले पटक–पटक यसको विरोध गर्दै आएको र अहिले दुई तिहाइको जनादेश प्राप्त सरकारबाट संशोधनका लागि कार्यदल बन्नु सकारात्मक भएको बताउनुभएको हो ।

ढकालले ऐन संशोधन हुँदा निर्माण क्षेत्रसँग सम्बन्धित धेरै समस्याहरू समाधान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अब गठित कार्यदललाई निर्माण क्षेत्रका वास्तविक समस्या प्रश्तुत गर्नुपर्नेमा जोड दिँदै ढकालले निर्माण व्यवसायीले आफ्नो क्षेत्रका समस्या स्पष्ट रूपमा राखे ती समाधान हुने विश्वास व्यक्त गर्नुभयो । ढकालकाअनुसार अहिलेको सरकारले निर्माण क्षेत्रका समस्या तुरुन्त समाधान गर्ने प्रयास गरिरहेको छ । ठेक्का प्रक्रियामा विभिन्न प्रकारका बैंक ग्यारेन्टीको व्यवस्था भएपनि कतिपय अवस्थामा निर्माण व्यवसायीको कारणले नभई अन्य कारणले काम अघि बढ्न नसक्ने अवस्था हुने गरेको समेत उहाँले बताउनुभयो । तर त्यस्तो अवस्थामा पनि निर्माण व्यवसायीलाई दोषी ठहर गरेर ठेक्का तोड्ने प्रवृत्ति देखिएको भन्दै उहाँले यसलाई सुधार गर्न आवश्यक रहेको बताउनु भयो ।

Leave a Reply

ताजा समाचार