काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिको बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

काँग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिको बैठक बस्दै

काठमाडाैं ।

नेपाली काँग्रेसको पूर्णबहादुर खड्का र डा. शेखर कोईराला पक्षधरको केन्द्रिय समितिको बैठक आजबाट शुरु हुँदैछ । १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समिति बैठक बोलाइएको हो । बैठक धुम्बाराहीस्थित एक होटलमा दुई दिनसम्म चल्नेछ । उक्त पक्षले सोमवार मात्रै प्रतिनिधि सभा र राष्ट्रिय सभाका नवनिर्वाचित सांसदहरुलाई बोलाएर बधाई ज्ञापन गरेको थियो । विशेष महाधिवेशनबाट गगन थापा सभापतिमा चयन भएपनि खड्का र कोईराला पक्षधरले स्वीकार गरेका छैनन् । निर्वाचन आयोगले गगन थापा नेतृत्वको काँग्रेसलाई मान्यता दिएको छ तर सर्वोच्च अदालतमा मुद्दा दर्ता भएको छ ।

Leave a Reply

ताजा समाचार