काठमाडाैं ।
काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ परेका छन्। अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई नियन्त्रणमा लिएको हो।भदौ २३–२४ मा भएको जेनजी आन्दोलन दमन गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। जाँचबुझ आयोगले कारबाही सिफारिस गरेपछि पक्राउ प्रक्रिया अघि बढेको हो।यसअघि उनी तत्कालीन गृहमन्त्री रमेश लेखक निकट मानिन्थे भने, प्रधानमन्त्री केपी शर्मा ओली सहित अन्य व्यक्तिहरू पनि यही प्रकरणमा पक्राउ परिसकेका छन्। रिजालमाथि आन्दोलन दमनसँगै कर्मचारी सरुवा–बढुवामा अनियमितता र भ्रष्टाचार आरोपमा पनि अनुसन्धान जारी रहेको छ।




