काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले जानकी मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । अन्तरिम सरकारको नेतृत्व गरेपछि जनकपुरधाम पहिलो पटक जानुएकी प्रधानमन्त्री कार्की जानकी मन्दिर पुगेर पूजा अर्चना गर्नुभएको हो ।
जनकपुरधाम विमान स्थलबाट जानकी मन्दिर पुग्नुभएकी प्रधानमन्त्री कार्कीले पूजाअर्चना पश्चात मन्दिरका महन्थ तथा पूजारीहरुसँग समेत भेटघाट गर्नुभयो । पूजापश्चात उहाँले जनकपुरधाम भ्रमण उपलब्धिमुलक रहेको जानकारी दिनुभयो ।
उहाँले आफू राजनीति गर्ने मान्छे नभएको र धार्मिक प्रयोजनका लागि मात्रै जनकपुरधाम आइपुगेको बताउनुभयो ।





