कानुनी जटिलताका कारण काम गर्न कठिन : बेपत्ता आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कानुनी जटिलताका कारण काम गर्न कठिन : बेपत्ता आयोग

 जनशक्ति, कार्यविधि र बजेटको व्यवस्था गर्न माग –

काठमाडौं, २ फागुन । वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले कानुनी जटिलताका कारण कार्यसम्पादनमा प्रगति हुन नसकेको दाबी गरेको छ ।

आज ललितपुरस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरी आयोगले कानुनी जटिलताका कारण कार्यसम्पादन गर्न कठिनाई भएको जनाएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता प्राध्यापक डाक्टर विष्णु पाठकले वेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरुपण तथा मेलमिलाप ऐन संशोधन नहुँदा अन्य काम अघि बढाउन कठिनाई भएको बताएका छन् । आयोगले जनशक्ति, कार्यविधि र बजेटको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएको छ ।

आयोगले ३ हजार ९३ उजुरीउपर प्रारम्भिक छानवीन र प्रारम्भिक कार्वाही सम्पन्न भएको पनि जनाएको छ । त्यसैगरी २ हजार २ सय ५८ उजुरीहरु विस्तृत छानवीनमा लैजाने आयोगको तयारी छ । आयोगका प्रवक्ता पाठकले पीडितसँग निरन्तर संवाद तथा अन्तक्रिया भईरहेको बताए ।

आयोगले पीडितको इच्छा अनुसार सुविधा वा सहुलियत लगायतका परिपूरणको व्यवस्था गर्न लागिपर्ने प्रतिवद्धता पनि जनाएको छ । सरकारले पछिल्लो पटक आयोगको म्याद आगामी २०७५ साल माघ २६ गतेसम्मका लागि थप गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);